शंकरपुर ताल निर्माणकाे पहलमा रजाैरिया

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 
संघीय तथा प्रदेश सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रजौरियाले शंकरपुर ताल निर्माणका लागि जाेड दिएका छन् । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ४ मा अवस्थित शंकुरपुर ताल निर्माणकाे लागि बिहिवार स्थलगत अनुगमन गरिएको बताएका छन् । 

सिंचाई तथा जल स्राेत व्यवस्थापन आयोजना जावलाखेल ललितपुरका प्रमुख योगेन्द्र मिश्र, इन्जिनियर सहितको टोलीले योजना कार्यान्वयनको लागि शंकरपुर तालको स्थलगत अनुगमन गरेको राप्रपाका लुम्बिनी प्रदेश समिति सदस्य दिपक रजौरियाले बताए ।

रजौरियाले २०७९ सालमा तीन वर्षभित्र शंकरपुर ताल विजयनगरको पूर्ण संरक्षण, स्तरोन्नोती, क्षमता वृद्धि गरी सुरहीबाट पानी लिफ्ट गरेर सिंचाई गर्ने भनि वाचा गरेका थिए । उनले योग्य ८ सय ५० हेक्टरमा सिंचाइ सुविधा विस्तार गर्ने संकल्पलाई साकार गर्न लागि बिहिवार शंकरपुर तालकाे स्थलगत अनुगमन गरिएको बताए । 

sahani furniture udyog

अनुगमन गर्न आएका टोलीलाई शंकरपुर ताल बारे सुझाव सल्लाह समेेत दिएकाे छ ।  लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री जानकी प्रसाद यादव, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, युवा समाजसेवी चेतन ढकाल लगायतकाे उपस्थिति थियाे । 

गत वर्ष भदाैँ महिनामा अविरल वर्षाका कारण तालकाे बाँध फुटेकाे थियाे । बाँध निर्माण नभएपछि सयाैँ किसान मर्कामा परेका छन् । अहिले शंकरपुर तालकाे निर्माण हुने कार्यले हर्षित देखिएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.