बुद्ध क्रिडा स्थलमा पर्यटकको स्वागत भिखरीले गर्दै सबै मौन

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा
कपिलवस्तु नगरपालिका वडा नं. ३ मा अवस्थित गौतम बुद्धको क्रिडा स्थल तिलौराकोट दरबार क्षेत्रमा भिखारीले त्यहाँ आउने पर्यटकको स्वागत गर्ने गरेको पाइएको छ ।

यस अन्तर्राष्ट्रिय महत्त्वको स्थलमा जाडो बढे संगै आन्तरिक र बाहिर्य पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्यटकको संख्या बढे लगत्तै त्यस क्षेत्रमा भिखारीको संख्यामा समेत वृद्धि भएको छ । बालबालिका देखी वृद्ध भिखारीले पर्यटकलाइ भिख माग्दै हैरान गर्ने गरेको स्थानीयको भनाइ छ। पर्यटक त्यहाँ पुग्ने बित्तिकै दरबार क्षेत्रको गेट बाहिर एक दर्जन जति भिखारीले पर्यटक संग भिख माग्दै पछि लग्ने गरेका छन् ।

भिखारी कै कारण कपिलवस्तु र नेपालको अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत हुने गरेको कवनपा ३ निवासी गोबिन्द यादवले बताए । भिखारीकै कारण बिदेशी पर्यटक सामु हाम्रो देश र समाज बारे नकारात्मक असर परिरहेको समेत यादवले दाबी गरे । भिख माग्ने बालबालिकाले भिख माग्नैको लागी स्कुल समेत नजाने र पर्यटक आउने बित्तिकै उनीहरुले बनाएको बौद्ध मुद्रामा बस्ने गरेका छन् । यस्तै केहि बालबालिका भने पर्यटकले पैसा नदिएसम्म पछि पछि लाग्ने र हैरान समेत पार्ने गरेका छन् । भिख माग्ने ९०% बालबालिका र वृद्ध कुनै गरिब नभई हुने खाने घरका हुन् । त्यस मध्ये केहि भिखारी भने करोडौं सम्पत्ति भएको परिवारका हुन । त्यहाँ भिख माग्ने बिशेष गरि स्थानीय शिवगढ गाउँ , डेरवा , तिलौरा , तिलौरि र सडवा लगायतका समेत छन् ।।

sahani furniture udyog

यसैगरी भिखारी समस्याको बारेमा लुम्बिनी बिकास कोषका सदस्य गोपि कृष्ण शर्मा संग कुरा राख्दा उनले यो समस्या समाधान गर्न भिखारी नियन्त्रणका लागी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय संग सहयोग मागेको बताए। प्रजिअ सरुवा लगायत कारण बस समस्या समाधान गर्न केहि ढिला हुन् गएको तर नयाँ प्रजिअ समेत आइसकेको हुँदा अब चाडैं प्रक्रिया पुरा गरि भिखारी नियन्त्रण गर्ने दाबी सदस्य शर्माले गरे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.