
एस एम न्युज , फाल्गुन २६
कपिलवस्तुको कृष्णनगरमा नेपाल भारत सिमानाकामा तस्करहरुको मनोबल बढेको पाइएको छ ।
कृष्णनगर क्षेत्रमा तस्करी हुनु कुनै नौलो कुरा भने होइन । तर यसपालि मुख्यनाकाबाटै जुन किसिमको खुल्ला तस्करी भएको छ त्यो हेर्दा तस्करको मनोबलको सहजै अनुमान गर्न सकिन्छ । साझ अध्यारो भैसकेपछि खिचिएको भिडियोमा भारतबाट तस्करहरुले बोरा लिएर नेपाल तर्फ प्रवेश गरेको देख्न सकिन्छ । १६ सेकेन्डको भिडियोमा भारतबाट ७ जानको तस्करको टोलीले ठुलोठुलो बोरा लिएर तिब्र गतिमा दुगुर्दै नेपाल प्रवेश गरेको देख्न सकिन्छ । त्यो भिडियोमा रहेका तस्कर युवा अवस्थाका रहेको सहजै अनुमान गर्न सकिन्छ ।

उक्त नाकामा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी चौबीसै घन्टा खटिने हुँदा यसरी निर्बाध रुपमा अवैध सामग्रीको तस्करी हुनु सुरक्षा निकायमाथी नै प्रश्न चिन्ह खडा भएको छ ।
https://www.facebook.com/share/v/oLdcBvcjQkiMG6bD/?mibextid=oFDknk
