तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन भिड्दै

0
Quantam abroad studies

कपिलवस्तु , चैत्र २३
जिल्लाको बाणगंगा नगरपालिकामा जारी तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता फाइनल खेलमा पुगेको छ । शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल संघले तिलौराकोट दरबार क्षेत्रमा ” प्रि म्याच कन्फ्रेन्स ” आयोजना गरेको छ ।

शनिवार नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन बिच फाइनल खेल हुदैछ । त्यसको पुर्ब सन्ध्यामा आयोजित ” प्रि म्याच कन्फ्रेन्स ” मा दुबै टिमका प्रशिक्षक र क्याप्टेनले फाइनल खेल जित्ने दाबी गरेका छन् ।

कन्फेन्समा बोल्दै पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना खेलाडीले मिहेनत साथ खेलेपनि कुनै खेलमा रिजल्ट नआए पनि प्रदर्शन भने उतकृस्ट रहेको छ । सेमिफाइनलमा प्रतियोगिताको उत्कृष्ट टिमलाई हराएको र फाइनल जित्नेमा आशाबादी रहेको प्रशिक्षक घिमिरेले बताउनु भयो । पुलिसका कप्तान सञ्जित श्रेष्ठले फाइनल खेल आक्रामक तरिकाले खेलेर जित हात पर्न तयारी अवस्थामा रहेको बताउनु भयो ।

sahani furniture udyog

विएफसीका प्रशिक्षक धुव्र भुसालले आफ्ना खेलाडीले नकआउट चरणमा मच्छिन्द्र जस्तो बलियो टिमलाई हराउँदै सेमिफाइनलमा समेत राम्रो प्रदर्शन गरेको हुँदा खेलाडीको मनोबल बढेको बताउनु भयो । विएफसीका कप्तान अमृत श्रेष्ठले टिममा उतकृस्ट खेलाडी रहेको र टिम वर्क गरि फाइनल जित्नेमा बिश्वश्त रहेको बताउनु भएको छ ।

गौतम बुद्धको गृह नगरी प्राचीन तिलौराकोट दरबार क्षेत्र भित्र प्रि म्याच कन्फ्रेन्स आयोजना गर्दै फुटबल संघका जिल्ला अध्यक्ष तिलक थापाले ट्रफी सार्वजनिक गर्नु भएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.