देश बनाउन युवाहरु अगाडि आउन जरुरी : विक्रम सिंह थापा

0
Quantam abroad studies

कपिलवस्तु , चैत्र ३०
देश बनाउनको लागि युवाहरु अगाडि आउन जरुरी रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं शान्ति सुरक्षा र अनुशासन प्रमुख तथा नेपाल सरकारका पुर्व एसएसपी विक्रम सिंह थापाले बताउनु भएको छ।

बुद्ध युवा क्लब बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेई को खुल्ला भलिबल टुनामेन्ट प्रतियोगिता उदघाटन गर्दै सो कुरा बताउनु भएको हो । युवा खेल लाई मनोरञ्जन रुपमा मात्रै खेल्न नहुने जकिर गर्दै खेल मध्यम बाट आफ्नो गाउँ ठाउँको विकास संग जोडर र चिनाउने किसिमले खेल्नुपर्ने थापा को जोड रहेको थियो । देश को विभिन्न परिवर्तनहरु युवाहरुले गर्दा आएको बताउदै देशको विकास गर्न , भ्रष्टाचार विरुद्ध , सबै हक र अधिकारको लागि युवाहरु लाग्ने समय अहिले रहेको उहाले बताउनु भयो ।म बाट हुने कुनै पनि कार्य को लागि गर्न सधै तत्पर रहने बताउनु भयो ।

भलिबल प्रतियोगिता खेल को सफलता शुभकामना दिदै बुद्ध युवा क्लब मलाई दिइएको सम्मान प्रति धन्यवाद दिदै क्लब लाई सहयोग गर्ने थापाले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा तिलाैराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश पाण्डे खुल्ला भलिबल टुनामेनट प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

sahani furniture udyog

कार्यक्रम बुद्ध युवा क्लब का सदस्य बाबुराम खत्रीको अध्यक्षता र कांग्रेस लुम्बिनी प्रदेश सदस्य एंव शान्ति सुरक्षा ,अनुशासन प्रमुख तथा नेपाल सरकार को पुर्व एसएसपी विक्रम सिंह थापाको प्रमुख अतिथतामा कार्यक्रम भएको थियो । विशिष्ट अतिथिमम बुद्धभुमि नगरपालिका का कार्यपालिका सदस्य कमलेश रैदस , तिलाैराकोट वान व्यवस्थापन समिति कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डे रहनु भएको थियो । अतिथिहरुमा कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेईका अध्यक्ष विक्रम खरविन्द , पुर्व अध्यक्ष राजेश गुप्ता , नेपाली कांग्रेस वडा नम्बर १० धनकाैलीका अध्यक्ष राधेश्याम चाैधरी लगायत रहनु भएको थियो ।

शान्ति समुदायक वन उपभोक्त समिति बुद्धभुमि १० चेतरादेईका अध्यक्ष महानथ केवटको संचालन र राजेस गुप्ताले स्वागतमन्तव्यमा राख्नुभएको थियो । कार्यक्रम विभिन्न टिमका खेलाडी , खेलप्रेमी, पत्रकार युवाहरू सहभागीता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.