वेवारिसे चिनी फेला, भन्सार कार्यालय पठाईयो , सुरक्षा निकायमाथि गम्भिर प्रश्न ?  

0
Quantam abroad studies

कपिलवस्तु ,  माघ २३                                                                जिल्लाको बुद्दभुमि नगरपालिका वडा नं. ०१, पत्थरकोटस्थित गोरुसिङे-अर्घाखाँची सडकखण्डमा वेवारिसे अवस्थामा रहेको ४५० केजी चिनी प्रहरीले बरामद गरेको छ । 

२२ गते साँझ करिब १८:०० बजे, भन्सार छली गरी बिना कुनै कानूनी कागजातको चिनी सडक किनारमा फेला परेको थियो। सुराकीको आधारमा पुगेको प्रहरी टोलीले उक्त चिनी नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ। बरामद गरिएको चिनीलाई आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय, कपिलवस्तुमा पठाइएको छ। तर त्यो अबैध चिनि पत्थरकोट पुग्दा धेरै ठाउँमा  नेपाल प्रहरीका चौकि र सशस्त्र प्रहरीका चेक प्वाइन्ट छलिएको होला भन्ने प्रस्ट हुन्छ । 

sahani furniture udyog

अवैध रूपमा भन्सार छली गरेर ल्याइने सामानहरूको नियन्त्रण गर्न सुरक्षा निकायहरू सक्रिय रहेका छन्। प्रहरीले यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरूको खोजी गरि कारबाही गरिरहेको दाबि गर्ने गर्छ । तर ४ क्विन्टल अबैध चिनि पत्थरकोट सम्म पुग्नुले समग्र सुरक्षा सयन्त्रमाथि गम्भिर प्रश्न भने खडा भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.