कपिलवस्तुमा सहिद स्मृति प्रतिष्ठानको भवन शिलान्यास , उद्देश्य बमोजिम काम हुने प्रतिबद्द्ता

0
Quantam abroad studies

कपिलवस्तु, चैत २४                                                          जिल्लाको कपिलवस्तु नगरपालिका–३, चौबीस हजार चोकमा निर्माण हुन लागेको सहिद स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष रुदलाल बनजाडेको अध्यक्षतामा तथा रविन्द्र कुमार ठाकुर (रवि) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्व कृषि तथा पशुपालन मन्त्री चक्रपाणी खनाल (बलदेव) प्रमुख अतिथि रहनु भएको थियो भने कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल विशिष्ट अतिथि रहनु भयो।

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री सुस्मा यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान खान लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रमको उद्घाटन पूर्वमन्त्री खनाल र नगरप्रमुख पौडेलले संयुक्त रूपमा भवनको शिलालेख अनावरण गरेर गर्नुभयो।

sahani furniture udyog

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट रत्नाकर शुक्लले स्वागत मन्तव्य दिँदै निर्माण हुन लागेको पाँच तले भवनको उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार उक्त भवनमा कपिलवस्तुमा भएका अजिगरा धनही घटना, १० वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायत अधिकारवादी आन्दोलनहरूको अनुसन्धानात्मक विवरण, डकुमेन्ट्री, फोटोसहितको संग्रहालय तथा शहीदहरूको सम्झनामा शालिक निर्माण गरिनेछ। साथै रोजगारीसहितको राजनीतिको प्रवर्द्धन र शहीद परिवारहरूको उचित व्यवस्थापन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

प्रमुख अतिथि खनालले इतिहास जोगाइराख्ने र परिवर्तन तथा अधिकारका लागि लड्ने साहसी योद्धाहरूको सम्मानमा नयाँ पुस्तालाई जानकारी दिने कार्यमा यस भवनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै, भवनको उद्देश्य सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

 यस्तै नगरप्रमुख पौडेलले भवनको शिलान्यास सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्दै, यसको निर्माण कार्य शीघ्र सम्पन्न गरी प्रतिष्ठानका उद्देश्य अनुसार काम अघि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो।

 यसैगरि अध्यक्ष रुदलाल बनजाडेले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा आर्थिक, भौतिक लगायत विभिन्न किसिमले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, प्रतिष्ठानका उद्देश्यहरू पूरा गर्न कटिबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासहित कार्यक्रमको समापन गर्नुभयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.