माओवादीविरुद्ध भ्रम फैलाउनेको खोजीका लागि वाइसीएल कपिलवस्तुद्वारा जिप्रकामा उजुरी

0
Quantam abroad studies

शहबाज ख़ान, कपिलवस्तु 

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन यंग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल कपिलवस्तु जिल्लाले पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने विरुद्ध जिल्ला प्रशासन कार्यालय तौलिहवा मार्फत गृहमंत्रालयलाई उजुरी दर्ता गरेको छ।

वाइसीएल कपिलवस्तुका अध्यक्ष राकेश यादवको हस्ताक्षरित पत्रमार्फत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माओवादी केन्द्रका शीर्ष नेताहरूलाई लक्षित गरी गरिएका आपत्तिजनक र भ्रामक पोस्टबारे अनुसन्धान गरी कानूनी कारबाही गर्न माग गरिएको छ।

sahani furniture udyog

पत्रमा भनिएको छ, “सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा पार्टीको छवि धुमिल पार्ने, जनमत भ्रमित गर्ने र पार्टी नेतृत्वमाथि गलत आरोप लगाउने कार्य भइरहेका छन्, जसले संगठन र आन्दोलन दुबैलाई हानी पुर्‍याएको छ।” वाइसीएलले साइबर अपराध ऐन अन्तर्गत सम्बन्धित निकायसँग तत्काल कारबाहीको माग गर्दै यस्ता गतिविधि दोहोरिए कडा प्रतिवाद र आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।

पत्रमा युवाहरूलाई भ्रामक प्रचारमा नफस्न, पार्टीको आधिकारिक सन्देश र नेतृत्वको निर्देशनमा मात्र भरोसा गर्न समेत आग्रह गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.