कपिलवस्तु जिल्ला आतंकबादीको गढ बन्दै – सिंह

0
Quantam abroad studies
sahani furniture udyog

पौष-७,कपिलवस्तु
अजय सहानी – पछिल्लो समय कपिलवस्तु जिल्ला आतंकबादीको गढ बन्दै गएको विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र सिंहले बताएका छन् ।आज जिल्ला सदरमुकाम तौलिहवामा आयोजित परिषदको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा सिंहले बताएका हुन।कार्यक्रममा बोल्दै सिंहले भने कपिलवस्तु जिल्लामा रहेर विभिन्न आतंकबादी संगठनकाले  आतंकि गतिविधि सचालन गरेकोले सो को विरुद्ध सुरक्षा निकाय संग सहकार्य गरेर परिषदका कार्यकर्ताहरुले गतिविधि संचालन गर्न आवस्यक रहेको पनि उन्ले बताए ।तौलिहवा स्थिति ठाकुर द्वारा मन्दिरमा आयोजित कार्यक्रममा विश्व हिन्दु परिषदको केन्द्रिय प्रवक्ता डा.सतिश उपाध्याय,केन्द्रिय सचिव दिपक लोध,प्रदेश ५ का संगठनमन्त्री युगल किशोर तिवारी कपिलवस्तु जिल्ला अध्यक्ष दिपेन्द्र शुकला लगायत कार्य समितिका पदाधिकारी एव कार्यकर्ता को उपस्तिथि रहेको थियो ।यस्तै सचिब लोधले  यश जिल्लामा बिगतका दिनमा हिन्दुधर्म विरुद्ध लागेका ब्याक्तीहरु लाई पहिचान गर्न कार्यकर्तालाई आव्हान  गरेका छन् भने जिल्ला अध्यक्ष दिपेन्द्र शुकलाले परिषदले यश जिल्लामा धर्म सस्कृतीको विरुद्ध लाग्नेहरु माथी निगरानी गरिरहेको बताएका थिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.