उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र यादव र शहरी बिकाश मन्त्री इस्तियाक राई द्वारा पद बाट राजिनामा

0
Quantam abroad studies

पौष-८

sahani furniture udyog

काठमाडौं – आज उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र यादव र शहरी बिकाश मन्त्री इस्तियाक राइले पद बाट राजिनामा दिएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरे पछि उपप्रधान तथा कानुन मन्त्री यादवले मंगलबारै राजीनामा दिने तयारी गरेका थिए। मंगलबार पदबाट राजीनामा दिएपछि बुधबार पदाधिकारी बैठक राखिएको छ।उक्त बैठक पछि समाजबादी पार्टीको समर्थन सरकार बाट फिर्ता लिइने बताइएको छ।संविधान संशोधन नहुने भए पछि सरकार बाट बाहिरिने निर्णय यादवले लिएका छन् । संविधान संशोधन नहुने भए पछि यादवलाई पार्टी भित्र सरकार छाडन दबाब पनि दिइएको स्रोत बाट जानकारी प्राप्त भएको छ।मंगलबार पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकमा पुगेका यादवले बुधबार महत्वपूर्ण निर्णय हुने बताएका थिए।यस्तै अध्यक्ष यादवले बुधबार ११ बजे पार्टी पदाधिकारीको बैठक बोलाएका छन् भने पदाधिकारी बैठकलगत्तै २ बजे पार्टी संसदीय दलको कार्यालयमा यादवले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.