पौष-९ – यस २०१९ बर्ष को भोलि लाग्ने खण्डग्रास सूर्य ग्रहण तेस्रो सूर्य ग्रहण हो। यसै बर्ष २०१९ ईसवी मा ६ जनवरी र २ जुलाइ ग्रहण लागेको थियो l सूर्य ग्रहण को दोष १२ घण्टा पूर्व नै लाग्छ अर्थात पौष ९ गते ८:४० बजे बेलुकी देखि भोजन निषेध शास्त्रीय प्रमाण छ।यो समय मा बाल,वृध्द,रोगी व प्रसूतिले वरन नगर्ने प्रमाण छ l ग्रहण को समयमा स्नान,दान,श्राध्द,जप,ध्यान साधना लगायत कर्म गर्ने भने शुभ हुन्छ ज्योतिष डा सतीश उपाध्याय को भनाईंनुसार ग्रहण को समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मान्निछ l ग्रहण को समय नदी,तलाव,ताल,पोखरी नभए घरमा स्नान गर्नुपर्ने निर्णय सिन्धु,हेमादि,कालमाधव बीरमित्रोदय लगायत धार्मिक ग्रन्थ मा उल्लेख छ l यद्यपि यो ग्रहण भारत को दक्षिणी प्रान्त कर्नाटक,केरला,तमिलनाडु आँशिक रुपले दर्शनीय छ तथापि ग्रहण कालमा पौष १० गते बिहीवार ८:३४ बिहान देखि ११:३४ दिवसों सम्म ग्रहण दर्शन निषेध छ l ५७ वर्ष पछि लाग्ने यस्ता ग्रहणले विश्व मा अनुठो फल दिन्छ जसको अनुसार भूकम्प,जल वृष्टि,तुफान देशहरु मा द्वन्द,राजनैतिक व्यक्ति को अकारण मृत्यु जस्ता योग प्रतिपादन गरेको छ l १२ राशिहरू को संछिप्त फल यस प्रकार रहेको ज्योतिष डा सतीश उपाध्याय ले जानकारी को लागि प्रसारित गरेका छन्। मेष -अशुभ,मानसिक परेशानी,धन हानि आगमन निषेध वृष -शत्रु भय,अग्नि भय,कष्ट मिथुन -दाम्पत्य जीवन कष्ट कर,धनहीन बहुबिधि बाधा
कर्कट -सौख्यम,सुखमा विजय सिंघ :-चिन्ता ग्रहण , स्वास्थ समस्या कन्या -:कष्टकरि,दुर्घटना योग,मित्रहरु सँग विरोध तुला :-शुभ,आकस्मिक धन लाभ,मित्र लाभ वृश्चिक -:क्षति परन्तु केही समय पछि शान्ति मिल्ने धनु :-घात प्रतिघात,विशेष सावधान रही बस्ने मकर :-व्यय,ऋणी,मानसिक असान्ती,अशुभ,आँखको रोगले सताउन सक्ने कुम्भ :-अक्षां,शुभ फल,धनलाभ मीन :-सुखम,मित्र लाभ,शान्ति ग्रहण काल मा ऊँ नमः शिवाय,गायत्री मन्त्र,आफ्नो इष्ट देवता को स्मरण र जाप गर्ने l सुकर्म गर्न ले पाप नष्ट हुन्छ l कुनै पूछताक्ष गर्नु परेमा ९८००७७०४१४मा सम्पर्क गर्न सक्नुहुनेछ l शुभम