
शमशाद आदिल , काठमाडौं जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन द्वारा आज ककाठमाडौं मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय विद्यार्थी संघ केन्द्रिय कार्यसमिति द्वारा आयोजित “ नेतृत्व विकास प्रशिक्षण एवम समायोजन संवाद ” कार्यक्रममा पार्टीका अध्यक्ष महन्त ठाकुर , राजेन्द्र महतो, अनिल कुमार झा , राजकिशोर यादव र कार्यकारिणी समिति सदस्य वृखेक्ष चन्दरलाल, अकबाल अहमद शाह , नवल किशोर शाह, लगायत नेताहरुले प्रशिक्षण दिएका छन ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच संरचनागत एकता भई नसकेको अवस्थामा समायोजनलाई मध्येनजर गर्दै वृहत विद्यार्थी भेला गरिएको कार्यक्रमका सभापति तथा राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनीष मिश्राले बताए ।अमृतभोग पार्टी प्यलेसमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरु को प्रशिक्षण दिदै विद्यार्थी नेता मनीष मिश्रा ले भने नेपाल को राजनैतिक वृत्तमा शैक्षिक महत्व को अवमूल्यन भएको कारण देशमा आर्थिक संकट भडारी रहेको वक्ताले बताए। नेपालमा लोकतन्त्र प्राप्तिको लागि र त्यसको संरक्षण लागि निरन्तर सत्तरी वर्ष देखि जनताले आफ्नो मिहनत पसीना बगाएको छन । विद्यार्थी संगठन नै पार्टीको एउटा महत्त्वपूर्ण र वर्तमान समयको जनस्तरमा पार्टीगत विचार लैजाने कुराको जिकिर मनीष मिश्रा ले गरे।

कार्यक्रममा सहभागिता जनाएका प्रवास विभाग का अध्यक्ष हुसैन खानले वर्तमान संसद पुनर्बहालीको कुरालाई केलाउदै भने यो उपलब्धि प्राप्त गर्न पार्टी पंक्तिका अग्रज नेताहरुको साथै विद्यार्थी संघ निरन्तर सँघर्षमा रहेको कारण मात्र सम्भव भएको बताए ।



