सप्तरीको बोदे बर्साईन नगरपालिकामा विङ्गर गाडी अन्यत्रित दुर्घटना दर्जनौं घाइते

0
Quantam abroad studies

उमेश कुमार साह
सप्तरीको बोदे बर्साईन नगरपालिकामा तिव्र गतिका कारण विङ्गर गाडी अन्यत्रित भई सगरमाथा डेरीको वालमा ठोकिदाँ दर्जनौं घाइते भएकाछन् । काचन बाट गएको जन्ती बिसनुपुर गाउँपालिका-१ मधेपुरा बाट घर फर्किने क्रममा बिसनपुर-बर्साईन सडक खण्डमा सगरमाथा डेरी नजिक ना.१ ज ८९३८ नम्बर भएका विङ्गर दुर्घटनामा परेकाछन् ।

उक्त दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएकोछ । गम्भीर घाइते घाइतेहरु बोदे बर्साईन नगरपालिका- ८ काचन का बर्ष ४५ को बच्चालाल दास र बर्ष २९ को देव नारायण दास रहेका छन् उनिहरूको उपचार युनिक हस्पिटल राजविराजमा भई रहेकाछन् । थप घाइतेहरू अन्दाजी २३ बर्षीय रबिन कुमार दास , ५० बर्षीय राम दास ,३५बर्षीय शिव कुमार दास , उपचार एडभान्स किल्निक कल्यपुर र २२ बर्षीय शंकर साह ,२५ बर्षीय २५ बिजय कुमार यादव , गाडि चालक २५ बर्षीय मुकेश कुमार चौधरीको उपचार क्षिनमस्ता हस्पिटल राजविराजमा ३०बर्षीय जय प्रकास साह ,२३ बर्षीय चन्देश्वर साह , १७ बर्षीय तेज कुमार दास , १८ बर्षीय दिपक कुमार यादव ,१८ बर्षीय कृष्ण कुमार दास , १९ बर्षीय उमेश कुमार यादवको उपचार स्थानीय लाईफ केयर पोलि किल्निकमा उपचार भई रहेकाछन् ।

sahani furniture udyog

घाईतेहरू हाथ खुट्टा लगायत शरिरको विभिन्न भागमा गम्भीर चोट लागेकाछन् । ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको अरुण सिंहले जनाएकाछन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.