हिन्दू धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्नेलाई महासंघ द्वारा कडा कारबाहीको माग

0
Quantam abroad studies

काठमाडौं
यही अषाढ ४ गते शुक्रबारका दिन कथित राजनीतिक विश्लेषक सि. के. लाल द्वारा व्यक्त अत्यन्त आपत्तिजनक तथा घृणित अभिव्यक्ति “संस्कृत शिक्षाले हिन्दु तालिबान उत्पादन गरेको छ “। त्यसैगरी गत साता मिति २०७८ जेष्ठ २८ गते शुक्रबार कै दिन पुर्व मन्त्री हिसिला यमीले आफ्नो ट्विटर ह्यान्ड्लको माध्यमबाट अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्धलाई इङ्गित गरि गरेको अभद्र टिप्पणी प्रति नेपाल विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

अध्यक्ष डा. केदार नाथ दाहाल र सचिव अभिषेक तिवारीले सयुक्तरूपमा बिज्ञप्ति जारी गरि अभद्र टिप्पणी गर्नेलाइ कारबाही माग गरेका छन् ।

sahani furniture udyog

बिज्ञप्तिको पुर्ण पाठ यस प्रकार रहेको छ :
नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छौं। बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै राजनीतिक विश्लेषक तथा पुर्व मन्त्री जस्तो ओहदा बोकेका व्यक्तिहरुले गरेका यस्ता आपत्तिजनक, घृणित र अभद्र टिप्पणीको नेपाल विश्व हिन्दु महासंघ कडा शब्दमा निन्दा तथा भत्सर्ना गर्दछ। विदेशी मिसिनरी शक्तिहरु द्वारा संचालित व्यक्ति तथा संगठनहरुले पटक पटक हिन्दु धर्मावलम्बीहरुको आस्था संग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रमहरु बाट उजागर भएको कुरा सर्वविदितै छ । त्यस्ता असामाजिक तत्वहरुलाई कानुनी कार्यवाही हुन नसक्दा उनीहरुको दुष्टता र मनोबल झनै बढेको देखिन्छ।

तसर्थ संस्कृत शिक्षा र अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्ध प्रति यस्ता अत्यन्त आपत्तिजनक, घृणित तथा अभद्र टिप्पणी गर्ने व्यक्तिहरुलाई यथाशीघ्र कानुनी दायरा भित्र ल्याइ कडा भन्दा कडा कार्यवाही गर्न सम्बन्धित निकाय समक्ष नेपाल विश्व हिन्दु महासंघले माग गरेको छ।

यसैगरी माग सम्बोधन नभएको खण्डमा महासंघले चरणबध आन्दोलन समेत गर्ने महासंघका सचीव अभिषेक तिवारीले बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.