

सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका अहिलेसम्म १९ सौ सताब्दीमा नै छ
नबिन यादव , असार १२ , सप्तरी
सप्तरी जिल्लाको ९ गाउँपलिका मध्धे सबै भन्दा बढि बजेट तिलाठी कोइलाडी गाउँपालिकामा रहोको छ। तर एक वडा बाट अर्को वडा सम्म जाने बाटो नरहेको गाउँपलिकामा पाँचौ गाँउसभा सम्पन्न भयो । बजेट माथी बजेट तर गाउँपलिका देखी एक वडा बाट अर्को वडा सम्म जाने बाटोहरू लथालिङ्ग रहेको स्थानीय बुद्धिजिबि युवा नेता मदन सिंहले दाबि गर्नु भएको छ।
बभनगामाकट्टी वडा नं ६ पश्चिममा कुनौलि रोड,पूर्वमा हनुमाननगर बजार ,तिलाठी कोलाईडी को. बर्साईन प्रहरी चौकी ,संगै एक मिटर पश्चिम रहेको कट्टी गाउँमा आबत जाबत गर्ने बाटो करिब एक बर्ष सम्म अबरूध रहेको बताउँछ । कहिले गाँउपालिकाको बजेट,कहिले वडा को बजेट,कहिले प्रदैश सरकारको बजेट माथि बजेट लगानि भई रहेछ तर संगठित भ्रष्टाचारका कारण उक्त बाटोको विकास कागजमा मात्र सीमित रहेको स्थानियहरू बताउँछ।

यस्तै गरि को दुई हप्ता अगाडी वाड नं २ लौनिया गाउँमा बाल्कृष्ण मंडलको १४ बर्षको छोरा श्रवण कुमार मंडल रूखबाट लडेर बेहोस भएको थियो तर उहाँलाई एम्बुलेन्स र सिटी रिक्शाबाट हस्पिटल सम्म पुग्ने गाउँमा बाटो नभएर,बाँसको डोको बनाएर सप्तरीको सदरमुकाम राजबिराज सम्म पुगाएको दृश्य पनि आम जनताले हेरि सकेकाछन् । जुन तस्बिरले गर्दा देशभर नै गाउँपािलकाको आलोचना भयो ।
गाउँपलिकामा जनप्रतिनिधि आएको झण्डै ४ वर्ष वितिसक्दा पनि तिलाठी कोईलाडी गाउँपलिकामा अझैं सरकार आएको अनुभुति गर्न पाएको देखिँदैन कट्टी गाउँको बुद्धिजीवी युवा मदन सिंह बताउँछन् ।
स्थानीय सरकारको मनपर्दि काम काजले गर्दा हामीहरू अहिले सम्म विकासको अनुभुती गर्न सकेका छैनाैं भने । यता समाजिक विकास कार्यक्रम तर्फ कोभिडको महामारीको बिच अधिंकास कामकाज काजमै सिमित गरेर लिक्षत वर्गलाई सशक्तीकरण हुनबाट बन्चित गरकेकाछन् । गाउँपालिका आफ्नै कर्मचारीहरूलाई जिम्मेवारी दिएर यस्तो ब्रहमलुट मचाएकाछन् जसको छानबिन हुनु आवश्यकछन् ।
गाउँपालिका अध्यक्ष सतिश सिंह भन्नू हुन्छ लगातार वर्षाको कारणले सबै सडक हाम्रो गाउँपालिका अन्तर्गत कोशी , खाडो लगायत नदिका कारण सबै सडक रोड जोनमा परिएकोछ । यो वर्षाको समयमा जताततै हिलो बाटो घाटो टुटफुट भएको छ। हामी जादुको छडी त होईन एकैचोटि गरिदिन्छु । हामी लगातार गाउँपालिकाको विकास गर्न लागिएको परेकाछाैं बताउनु भयो ।
साथै अध्यक्ष सिंहको भनाइ अनुसार केही स्थानीय जनताले केहीँ ठाउँमा बाटो बनाउनमा पनि अवरुोद्व गरेको कारणले गर्दा पनि बाटो बन्न सकेका छैन् ।
