स्वास्थ्य मापदण्डको पूर्ण पालन गरी मोहर्रम पर्व मनाउन इत्तेहाद नेपालकाे आग्रह

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
मुस्लिम धर्मावलंबीहरुले मनाउने उर्दू क्यालेन्डर हिजरी सम्बत १४४३ को पहिलो पवित्र महिना मोहर्रम सफर शुरु भएको उपलक्ष्यमा इत्तेहाद नेपालले समाजमा रहेका युवा, समाजसेवी तथा भद्रभलादमीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ।

sahani furniture udyog

यो महिनामा सबैले आ-आफ्नो तरीकाले इबादत गर्ने रोजा राख्ने , मोहर्रम सफर महिनाको सात तारिखदेखि दश तारिखसम्म प्रत्येक घरमा नियाज़ फातिहा गरी गरीब असहाय परिवारलाई खाना खुवाइ उनीहरूकाे मद्दत गरी उनीहरूकाे परिवारहरुको पेट भर्ने काममा लाग्नु पर्ने र पहिला धार्मिक शिक्षाको कमीको कारणले यो मुहर्रम सफरको महिनामा गाउं गाउं टोल टोलमा ठुल ठुला ढोल तासा बनाई पुरै महिना रातिको समयमा बृद्धा युवा महिला पुरुष एकत्रित भइ राति राति बजाउने काम गर्थे तर दिन दिनै धार्मिक शिक्षाको स्तरबृद्धि हुदै गएकोले धर्मगुरुहरुले आ आफ्नो स्तरबाट जनतालाई सचेत गर्दै गर्दा केही हदसम्म यस्ता कुरीतीहरु बन्द हुनलागेका छन् भन्ने कुरा इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खांले बताए । यस्ता कुरीतिहरुलाई बन्द गर्नाको लागि समाजमा रहेका शिक्षित वर्गलाई अगाडिआउनु पर्छा र यो महिनामा गर्नु पर्ने वास्तविक इबादतहरु बारे आ आफ्नो स्तरबाट सबैलाई जानकारी गराउन खांले आग्रह समेत गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी जारी गरेको स्वास्थ्य मापदंडको पूर्ण पालन का साथ मोहर्रम सफर महिनाको इबादत तथा पर्व मनाउदा धार्मिक सांस्कृतिक समाजिक सहिष्णुता तथा सद्भाव कायम गरि पर्व मनाउनको लागि इत्तेहाद नेपालका उपाध्यक्ष मौलाना शफीक अहमद सचिव नसरुल्लाह खां, सदस्य , जमिल अहमद, हाशिम अली, नुरुल हसन,शाद खांले समुदायमा आग्रह समेत गरेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.