
धनी राम काेरी / कपिलवस्तु
जिल्लाकाे महाराजगँज नगरपालिका वडा नं.११ बलरमवापुर स्थित श्री लक्ष्मण दास निम्नमाध्यमिक विद्यालयमा हिन्दु युवा शक्ति कपिलवस्तुको जिल्ला अध्यक्ष फागुराम पाण्डेयकाे अध्यक्षतामा वडा स्तरीय र गाउँ समिति गठन भएको छ ।
सनातन हिन्दु धर्म सबैभन्दा पुरानो धर्म हाे । यो धर्म मान्ने व्यक्तिहरुलाई संगठित गर्ने काम हाम्रो संस्था गरिरहेका छ । संगठनकाे उद्देश हिन्दु धर्म काे हकहित र अधिकारकाे बारेमा निरन्तर रुपमा काम गरिरहेकाे अध्यक्ष पाण्डेयले बताउनु भयो ।
हिन्दु युवा शक्ति कपिलवस्तु निर्माण गर्नुकाे उद्देश गाैं संरक्षण गर्ने , हिन्दुहरुलाइ संगठित गर्ने , हिन्दु संस्कारलाई जाेगाउने , मठ मन्दिरकाे संरक्षण गर्ने , हिन्दु धर्मको बारेमा जनचेतना जगाउने उद्देश लगायत अन्य उद्देश्यहरु पनि रहेको पाइन्छ ।

हिन्दु युवा शक्ति कपिलवस्तु को जिल्ला अध्यक्ष फागुराम पाण्डेको अध्यक्षतामा वार्ड न .११ को वार्ड स्तरीय समितिका अध्यक्ष शिव सागर गोसाइँ , उपअध्यक्ष चिन्नु यादव , सचिव सन्तोष पाण्डे , प्रवक्ता पन्नालाल श्रीवास्तव र गोल्हिपुर गाउँ समितिको अध्यक्ष चन्द्रसागर यादव , उपाध्यक्ष मनोज चौधरी , कोषाध्यक्ष ताहर यादव , सचिव संजय यादव , सहसचिव राजु चौधरी , वरिष्ठ सल्लाहकार केतार यादव , सल्लाहकार दिनेश त्रिपाठि र सदस्य राम विदेश लोहार सत्यनारायण त्रिपाठी रहेका छन ।
उक्त कार्यक्रममा संगठन का जिल्ला सल्लाहकार कपिलदेव पाण्डे , प्रवक्ता सुनिल कुमार , बुद्धिजीवी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो !

