ढुङ्गा फुटाएर आगाेकाे झिल्काे निकाल्ने नेतालाई जिल्ला सभापति बनाउनु पर्छ

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
नेपाली काङ्ग्रेसका युवा नेता ज्ञान बहादुर बाेहरा जिल्ला सभापतिकाे उम्मेदवारी हुनुभएको छ ।

नेपाली काङ्ग्रेसकाे ८ औ महाधिवेशनकाे समयमा निकै चर्चित युवा नेताले जिल्ला सभापतिकाे उम्मेदवारी दिनु भएको बताउनु भयाे । आसन्न १४ औ महाधिवेसन उद्घघाटन कार्यक्रममा बाेल्दै नेता बाेहराले अलि जुझारु क्षेमतावान,र लगनशील व्याक्तित्वले नेतृत्व पाउनु पर्ने धारणा राख्नु भयाे ।

sahani furniture udyog

उहाँले भन्नू भयाे, आफुनै आउनु पर्छ भन्ने छैन तर नेतृत्व दरिलाे र नेतृत्व हाक्न सक्ने हुनुपर्नेमा जाेड दिनु भएको हाे । जिल्ला निकै चर्चित युवा नेताकाे रुपमा परिचित बाेहरा नेपाली काङ्ग्रेस बझाङका उपसभापति पनि रहनु भएको छ । उनले आफुमा राजनीति धारकाे परिकल्पना गरेको बताउदै नेताहरुलाई आपसमा बसेर हाम्रो हैन राम्रो सभापति लाई सहयाेग गर्नु पर्ने बताउनु भयाे ।

कार्यक्रममै जङ्गीएका नेता बाेहराले ढुङ्गा फुटाएर आगाेकाे झिल्काे निकाल्न सक्न नेतृत्वको जरुरत रहेकाे भन्दै,नेपाली काङ्ग्रेसकाे गुटउपगुटकाे अनत्य हुन जरुरी भएको दावी गर्दै आफुलाई सभापतिमा सहयाेग गर्न अनुराेध गर्नुभएको हाे । पार्टी राम्रोसँग अगाडि बढाउन नेतृत्व हाम्रो हैन राम्रो आउन जरुरत रहेकाे बताउन भयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.