
मंसिर -७,कपिलवस्तु
अजय सहानी – महाराजगन्ज नगरपालिकामा आज मिति २०७६ मंसिर ७ गते देखि २०७६ मंसिर ९गते सम्म निशुल्क आखा जाच शिबिर सन्चालन भएको छ ।उक्त शिबिर को उदघाटन महाराजगन्ज नगरपालिका का मेयर अबदुल कलाम ले गर्नु भएको छ ।उक्त शिबिर सचालन छ्न्द काले बाबू आँखा अस्पताल बाहदुरगन्ज द्वारा गरिए को छ भने अगुवाइ एव आर्थिक सहयोग महाराजगन्ज नगरपालिकाले गरेको छ । आखाको चिकित्सक एव अन्य प्राबिधिक ब्यवस्ता भने छन्द काले बाबू अस्पताललेनै गरेको छ ।उक्त कार्यक्रम तीन दिन चल्ने र महाराजगन्ज नगरपालिका का स्थानीय बासिन्दालाई धेरै लाभ हुने कुरा स्थानीय महेशराज कुर्मीले जानकारी गराउनु भएको छ ।उक्त शिबिर महाराजगन्ज मा अवस्थित श्री जान्की मा. बि. मा सचालन भएको छ ।उक्त शिविरमा पहिलो दिन नै स्थानीय जन्ता को आँखा चेकजाच गराउन बक्लो उपस्थिति रहेको पनि कुर्मीले जानकारी गराउनु भएको छ ।
