धनुषामा बम बिस्फोट हुँदा तीनजना को मृत्यु

0
Quantam abroad studies
sahani furniture udyog

मंसिर-२८,जनकपुरधाम
धनुषाको महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति शक्तिशाली बम विस्फोट भएको छ।उक्त बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ।औषधि व्यवसायीको घरमा भएको उक्त बम विस्फोटमा राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। घटना परेर गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको छ।चिकितसकले बिहान ६:४० मा दहालको मृत्यु भएको बताएका छन् ।निजि मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेश्वरको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्राप्त सूचना अनुसार नजिकैको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीबाट सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए। सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला विस्फोट भएको बताइएको  छ । घटनामा घरधनी राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न्। घाइते तीनै जनाको धनुषामा उपचार सम्भव नभएपछि बीपी प्रतिस्ठान धरानमा लागि उपचार भइरहेको छ।स्थानीयका अनुशार साह ठुलो मात्रामा ब्याजमा पैसा लगानी गर्ने करवबारी पनि हुन र उक्त बम साह परिवारलाई हत्या गर्नै राखेको हुन सक्छ ।तर हाल सम्म भने कसैले उक्त घटनाको जिम्मा लिएको छैन भने प्रहरीले अनुसन्धान तिब्र पारेको छ।


Leave A Reply

Your email address will not be published.