मंसिर-२७,कपिलबस्तु डा.शतिस उपाध्याय – कपिलवस्तुमा मधेशी पत्रकार समाज को दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिबेशन बाट पुन रमेश मिश्रा अध्यक्षमा चयन भएका छन् । शुक्रबार तौलिहवामा आयोजित भेलाबाट मिश्रालाई अध्यक्षमा चयन गरिएको हो।मिश्राको अध्यक्षतामा १५ सदस्यि कार्य समितिको गठन गरिएको छ ।समाजको उपाध्यक्षमा विष्णु कुमारी मिश्रा, बासुदेव बर्मा सचिवमा दिलिप कुमार यादव, सह सचिव विनय चौबे र कोषाध्यक्षमा नारद कोहार चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण हरिजन, अजय मिश्रा, माया कुमारी थारु, सविता गुप्ता, राघवेन्द्र चौवे, अजय सहानी, नरसिंह कहार, विजय कुमार तेली र प्रतिमा विश्वकर्मा रहेका छन् भने सल्लाहकारमा रविन्द्रनाथ ठाकुर, बनारसी बर्मा, डा.सतिश उपाध्यक्ष, मनोज श्रीवास्तव र तुलसीराम यादव चयन हुनु भएको छ । मधेशी पत्रकार समाजका प्रदेश नम्बर-५ का संमयोजक राम विकास चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता मधेशी पत्रकार समाजका कार्यवाहक अध्यक्ष रमेश मिश्राको अध्यक्षतामा भएको हो । बैठकले आगामी पौष ११ गते नवगठित जिल्ला समितिको पदस्थापन तथा सरोकारवालासंग परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुमा पत्रकारिता छेत्रमा रहि देश र समाजको हितमा कलम चलाइ उल्लेखनीय योगदान दिने केही ब्याक्तित्वलाई पौष ११ गतेको कार्यक्रममा सम्मान गर्ने निर्णय पनि गरिएको सचिव दिलिप कुमार यादवले बताएका छन् ।