मुग्लिन सडक खण्ड आज देखि बन्द

0
Quantam abroad studies
sahani furniture udyog

मंसिर- २७

काठमाडौं- नरायणघाट बाटोको मुग्लिन सडकखण्ड दुई हप्ताको लागि बन्द हुने भएको छ ।उक्त बाटोको ८ ठाँउमा पहिरो नियन्त्रणका लागि विभिन्न काम गर्न को लागि बिहान  ११ बजे देखि दिउँसो ३बजे सम्म उक्त सडकखण्ड बन्द रहने कुरा चितवन प्रशासनले जानकारी गरएको छ।सुचना प्रकाशन गरि आज (शुक्रवार) देखि यो नियम लागू हुने भनी जानकारी गराइएको छ।यस्तै नारायणघाट देखि मुग्लिन तर्फ  जाने यात्रुबाहक गाडी १५ किलो र मालबाहक गाडी दासढुङ्गा मा रोकिने भएको छ ।त्यसैगरी मुग्लिन देखि नारायणघाट तर्फ आउने यात्रुबाहक गाडी मुग्लिन र बेनिटारमा रोकिने छ भने मालबाहक गाडी भने लेवाटार र अबुखैरेनी मा रोकिने भनी सुचनामा बताइएको छ ।अतिआवश्यक सवारी साधन ,शव बाहन ,एमबुलेन्स लागायतका गाडीलाई भने प्रहरी को समन्वयमा आवत जावत गर्ने ब्यवस्ता मिलाइएको छ।उक्त बाटो बन्द रहने अवधी भर सबै पक्षलाइ सहयोग गर्न चितवन प्रशासन कार्यलयले आव्हान गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.