बस दुर्घटनामा १४ को मृत्यु कैयौं घाइते

0
Quantam abroad studies

मंसिर-२९,कपिलवस्तु

दोलखा बाट भक्तपुर फर्किरहेको यात्रुवाहक बस आइतवार बिहान सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको छ किलो भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ ।उक्त दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकमध्ये तीन बालबालिका, आठ महिला र तीन पुरुष रहेका छन् ।उक्त  बसमा तीर्थयात्रीहरू सवार रहेको बताइएको छ।उक्त बस रिजर्भ गरि शनिवार कालिन्चोकको दर्शन गरेर यात्रीहरू राति मुढे आएर बसेका थिए।
बिहान भक्तपुर फर्किनलागेको उक्त बस सडकबाट झन्डै ५०० मिटर तल खसेको छ।
घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई अस्पताल पठाइएको छ।जसमध्ये आठ जनालाई खाडीचौरस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने बाँकी १० जनालाई धुलिखेल तथा काठमाण्डू पठाइएको छ।दुर्घटनाको वास्तविक कारण भने आहिले खुल्न सकेको छैन ।


sahani furniture udyog
Leave A Reply

Your email address will not be published.