चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराईको निधन

0
Quantam abroad studies



मंसिर-३०,काठमाडौं

फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। राति १० : २० बजे हिर्दय घात भए पछि ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेका थिए।

सोमबार बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ। त्यस पछि निधन भएका भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने जानकारी प्राप्त भएको छ। 

५१ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई ८ महिनाअघि मात्र चलचित्र विकास वोर्डको अध्यक्ष बनेका थिए।

चलचित्रहरु र टेलिसिरियलहरुमा अभिनय गरेका केशवले  ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ ‘आफ्नो मान्छे ‘, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका थिए ।


sahani furniture udyog
Leave A Reply

Your email address will not be published.