भारतको नयाँ कानुन पछि बाङ्लादेशी र रोह्गिया मुस्लिम नेपालमा घुसपैठ गर्न सक्ने

0
Quantam abroad studies
sahani furniture udyog

मंसिर-३०,कपिलवस्तु
भारतको मोदि सरकारले जारी गरेको नयाँ नागरिकता कानुनका कारण पूर्वोत्तर भारतमा नागरिकता विहीन हुने केही मानिसहरू नेपालभित्र प्रवेश गर्न सक्ने भन्दै विज्ञहरूले सरकार समयमै चनाखो हुनुपर्ने बताएका छन्। बाङ्लादेशका मुस्लिम र रोह्ङिया मुस्लिम नेपालमा आउने सम्भावना बढी रहेको छ।नेपालको पुर्बी सिमा नाका बाट उनिहरु छिर्ने सम्भावना प्रबल रहेको छ । नेपालमा पहिलानै ६०० जति रोह्गिया मुसलमान सिधा हाम्रो देशको राजधानीमा छिरेका छन् ।अब भारतले ल्याएको नयाँ कानुन CAB ले लाखौं बिदेश मुस्लिमलाई भारत छोडनु पर्ने छ र उनिहरु नेपाल आउन सक्नेमा कुनै दुइमत छैन ।नेपाल र भारत बिचको खुल्ला सिमानाले गर्दा उनिहरुलाई नेपाल घुसपैठ गर्न सजिलो रहेकाले नेपालि प्रशासन सतर्क रहन जरुरी देखिन्छ ।

भारतले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट अवैध रूपमा आएका गैरमुस्लिम आप्रवासीहरूलाई माफी दिने उक्त कानुन पारित गरेपछि भारतमै त्यसको विरोध भइरहेको छ।केही दिनदेखि पूर्वोत्तर भारतका राज्यहरूमा प्रदर्शनहरू भइरहेका छन् भने सरकारले पनि सुरक्षामा कडाइ गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.