एघार सय कि.मि. पदयात्रामा श्री श्याम खाटु भक्त

0
Quantam abroad studies
sahani furniture udyog

मंसिर-३०,कपिलवस्तु
अजय सहानी – कपिलवस्तुको कृष्णनगर नगरपालिका बाट २५ जन श्रद्धालु श्री खाटु श्याम भगवानको दर्शन गर्न को लागि आज पद यात्रा शुरु गरेका छन् ।कृष्णनगर नगरपालिका वडा नम्बर- २मा अवस्थित श्री श्याम मन्दिर  देखी श्री खाटू श्याम राजस्थान को लागी हिडेका छन् ।
२५ जना श्रद्धालुहरु कृष्णनगर भ्रमण पश्चात् श्री खाटु श्याम भगवानको दर्शन गर्न पदयात्रा को शुरूवात गरेका छन्।यात्रामा २० जना पुरुष र ५ जना महिला श्रद्धालु रहेका छन् । प्राप्त सुचना अनुसार उक्त यात्रा ११०० किलोमीटर लामो रहने छ।उक्त श्रद्धालुहरुलाई श्री खाटु श्याम मन्दिर राजस्थान (भारत) पुग्न कम्तिमा ३१ दिन लाग्ने भनी स्थानीय समाजसेवि निर्भय सिहले बताउनु भएको छ।यस पदयात्राको अगुवाई मनीष कुमार सिंगल र गोगुल गोयलले गर्नु भएको छ।यश पदयात्राको आयोजना कृष्णनगरमा रहेको श्री श्याम भक्त मडलले गरेको छ।
उक्त यात्राको बिदाइ कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह द्वारा गोल घरमा श्रद्धालु पद यात्रीहारुलाइ फूलको माला लगाइ गर्नु भएको छ भने सम्बोधन गर्दै नगर प्रमुख शाहले सबै श्रद्धालुहरुको यात्रा सफल होस् भनी कामना  गर्नु भएको छ। उक्त पदयात्रामा जाने श्रद्धालुको बिदाइका क्रममा स्थानीय जनताको बाक्लो उपस्थिती रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.