तौलिहवाको भिक्षु चोकमा प्रहरी पोस्ट उदघाटन

1
Quantam abroad studies
sahani furniture udyog

पौष-१,कपिलवस्तु
आज कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को भवानी भिक्षु चोकमा प्रहरी बिट उदघाटन कार्यक्रम सम्पन्न भएको छ।उक्त प्रहरी बिट को उदघाटन कपिलवस्तु जिल्लाको प्रहरी उपरीक्षक दिप शमशेर जबराले दियो बाली र नगर प्रमुख किरन सिहले रिबन काटि गर्नु भएको छ।उक्त कार्यक्रममा वडा प्रहरी कार्यलय प्रमुख सइ रमेश गुरुङ , कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदिप पौडेल ,वडा नम्बर २ का राम भजन कलवार, वडा नम्बर ३ का प्रकाश गैरै र वडा नम्बर ८ का शिव कुमार पाण्डे  लगायतको उपस्तिथि रहेको थियो ।उक्त प्रहरी बिट को बिधिवत पुजा गरि र स्थानीयलाई मिठाई खुवाइ उदघाटन गरिएको छ।यस्तै उक्त कार्यक्रममा स्थानीयहरुको पनि राम्रो उपस्तिथि रहेको थियो ।स्थानीय नागरिक अगुवा बलराम घिमिरेले उक्त प्रहरी बिट निर्माण भए पछि अब प्रहरीलाई आफ्नो सुरक्षा जिम्मेवारी पूरा गर्न सजिलो हुने बताउनु भएको छ।अहिले सम्म प्रहरी बिट को अभावले गर्दा प्रहरीहारु डिउटी को बेला बस्न निकै समस्या रहेको स्थानीयले बताएका छन् ।कार्यक्रम को अन्त्यमा प्रहरी उपरीक्षक जबराले बिट बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञपन गर्न्नु भएको छ।

Kapilvastu Technical Institute
  1. Angad parsad paswan says

    Good

Leave A Reply

Your email address will not be published.