
पौष-१,काठमाडौं
पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई इतिहासमै पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मंगलवार मृत्युदण्डको सजाय सुनाएको हो।उनलाइ देश द्रोहको आरोपमा मृत्युदण्ड सुनाइएको हो ।
मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल दुबईमा छन्।
जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा गएका थिए।
मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो। मुसर्रफ माथी लागेको आरोको सुनुवाइ गर्न बिशेष अदालतको गठन भने पुर्ब प्रधानमन्त्री नवाज सरिफले गरेका थिए ।

३ नोभेम्बर २००७ मा संकटकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थियो।यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने भनिएको छ।
