कपिलवस्तु बाट समाजबादी पार्टीको संगठन बिस्तार कार्यक्रमको शुरूवात

0
Quantam abroad studies



धीरज कोरि / माघ – ३

कपिलवस्तु – समाजवादी पार्टी काे संगठन विस्तार तथा सुदृढीकरण अभियान , उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवा बाट भएको छ।

सहसराम यादवले कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी एकीकरण भए पछि जुन प्रकारले अगाडि जानु पर्ने थियो त्याे हिसाबले अगाडि बढेको पाइदैन भनी गुनासो पोखेका छन् ।पार्टीलाई राम्रो र ठुलो बनाउन काे लागि पहिल सबै नेताहरु राम्रो बन्नु पर्छ भनी थपेका थिए। प्रदेश न ५ काे कपिलवस्तु जिल्ला समाजवादी पार्टी काे महत्त्वपूर्ण जिल्ला काे रुपमा रहेको पाइन्छ ।कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी काे  प्रदेश न ५ काे इन्चार्ज दानबहादुर चाैधरीले नेपालमा बस्ने सम्पूर्ण व्यक्ति  नेपाली हुन र कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन बताएका छन् । समाज काे समस्या लाई समाधान काे लागि समाजवादी पार्टीले निरन्तर रुपमा लगेकाे जिकिर गर्दै प्रदेश को राजधानी कपिलवस्तुको तिलौराकोट हुनु पर्नेमा  चौधरीले जोड दिएका थिए। समाजवादी पार्टीका उपाध्यक्ष संग प्रदेश न २ र प्रदेश न ५ मा विभेद नगर्न पनि उन्ले अग्रह गरेका छन् ।

समाजवादी पार्टी का उपाध्यक्ष कार्यक्रयम मा बाेल्दै देशकाे सातै वटा प्रदेश मा संगठन विस्तार तथा सुदृढीकरण अभियान काे उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला काे ताैलिहवा बाट सुरुवात हुन लागेकोमा खुशी व्यक्त गरेका छन् भने अाम जनतालाई कुन किसिम काे शासन , व्यवस्था दिने हाे त्यसकाे विषयमा पार्टी निरन्तर रुपमा लगेकाे बताएका छन् । सबै राजनिती दलहरु काे अा- अाफ्नै सिद्धान्त रहेकाे पाइन्छ । पार्टी लाई कसरी ठुलो बनाउन सकिन्छ र कुन कुन समस्या लाई समाधान गर्दै जादा पार्टी प्रति अरु  मान्छेले हेर्ने दृष्टिकोण राम्रो हुनेमा ध्यान दिन उपाध्यक्ष नवराज सुबेदीले नेता तथा कार्यकर्ता लाई सुझाव दिएका थिए । हाम्रो पार्टीले जुन मुद्दा पहिले लिएकाे थियो त्यही मुद्दा अहिले पनि लिएको छ भनी सुबेदीले दाबी गरेका छन् ।

कार्यक्रम प्रदेश समितिका अध्यक्ष अशाेक कुमार यादव काे अध्यक्षतामा सम्पन्न भएको छ ।यस्तै प्रमुख अतिथिमा समाजवादी पार्टी का उपाध्यक्ष नवराज सुवेदी ,विशिष्ट अतिथिमा दानबहादुर चाैधरी , सहसराम यादव , चिनक कुर्मी , नवीन सुनवार लगायत अन्य जिल्ला एव कपिलवस्तु जिल्लाका नेता एव कार्यकर्ताहरु काे उपस्थिति रहेको थियो । कपिलवस्तु नगरपालिकाकाे हलमा सम्पन्न भएको उक्त  कार्यक्रम काे संचालन यज्ञ पाेखरेल गरेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.