कपिलवस्तुमा अवधी पत्रकार संघको अध्यक्षमा यादव

0
Quantam abroad studies
sahani furniture udyog

माघ-१२
कपिलवस्तु – अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखा को दोस्रो अधिबेशन सम्पन्न भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको सभा हलमा भएको उक्त  अधिबेशनमा सर्बसम्मतिले अध्यक्षमा  निरहु यादव चयन हुनुभएको छ   सर्बसम्मतिले नै  उपाध्यक्ष प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिव राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली चयन भएका छन् ।
गठित नयाँ कार्यसमिति लाई अधिवेशनको प्रमुख अतिथी कृष्णनगर नपाको  नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथी शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, अतिथी राजपा नेपाल केन्द्रिय सचिव रबिदत्त मिश्र, समाजवादी पार्टी प्रदेश ५ प्रवाक्त अकरम पठान, मदरसा बोर्ड प्रदेश ५ उपाध्यक्ष मौलाना मसहुद खान नेपाली, समाजवादी पाटी कपिलवस्तु उपाध्यक्ष  राम निवास पुरी, कलाकार श्याम कुमार मिश्र, राष्ट्रिय मदरसा संघका अध्यक्ष मौलाना अब्दुल गनि अल्कुफी, उद्योग वाणिज्य सघंका अध्यक्ष राम कुमार गुप्ता,र  ईप्रका प्रमुख प्रताप पौडेलले शुभकामना सहित अवस्था ब्यवस्था अनुसार सधैं सहयोग गर्ने प्रतिबद्धता समेत दिएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.