कपिलवस्तुमा जनमत पार्टीको आम सभा सम्पन्न

0
Quantam abroad studies
sahani furniture udyog

माघ १५/धिरज कोरि
कपिलवस्तु – कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलहवामा जनमत पार्टीको अाम सभा कार्यक्रम सम्पन्न भएको छ। श्री बुद्ध पद्मम माध्यमिक विद्यालयकाे खेलमैदानमा जनमत पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष याेज्ञेन्द्र चाैधरी काे अध्यक्षता मा सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के राउत(चन्द्र कान्त राउत ) प्रमुख अतिथि रहेका थिए।अध्यक्ष राउत माेम बत्ती बालेर कार्यक्रम काे उद्घाटन गरेका थिए। कार्यक्रममा बाेल्दै अध्यक्ष राउत जनमत पार्टी जनताहरुकाे दुख र पिडालाई कम गर्न काे लागि याे पार्टीको निर्माण वा उत्पादन भएको बताएका छन् भने मधेसका जनताहरुको हक अधिकारका बारेमा कुनै पार्टीले चासाे नराखेकोमा आपत्ति जनाएका थिए । सुखी मधेस समृद्ध मधेस बनाउन काे लागि युवाहरुलाई विदेश जाना बाट राेकि मधेसमै राेजगार दिने  यसकाे उद्देश रहेको बताए । मधेसमा पहिले देखिनै विभेद हुँदै अाएकाे छ र यस्को अन्त्य गर्नु पार्टीको पहिलो प्राथमिकता रहेको पनि बताएका छन् । कार्यक्रममा जय मधेस, स्वतन्त्र मधेस , जय स्वाराज जस्ता नारा सहभागीहरु द्वराा लागाइएका थिए।  साे कार्यक्रममा महाराजगन्ज नगरपालिका ,कृष्णनगरपालिका , शिवराज नगरपालिका , कपिलवस्तु नगरपालिका ,मायादेवी गाउपालिका ,शुद्धाेधन गाउपालिका र विजयनगर गाउपालिका बाट व्यक्तिहरुकाे उपस्थिति रहेको थियाे ।

Leave A Reply

Your email address will not be published.