अभिनेता हमाल द्वार तिलौराकोट भ्रमण

0
Quantam abroad studies

फाल्गुन २१
कपिलवस्तु – भगवान बुद्धको क्रिडा स्थल एव राजा शुद्धधोधनको दरबार छेत्र तिलौराकोटमा नेपाली सिने जगतमा महानायकको पहिचान बानाएका अभिनेता राजेश हमालले अवलोकन गरेका छन् ।

उनी आज दिउँसो पहिलो पटक तिलौराकोट अवलोकन गरेका हुन् ।लुम्बिनी बिकाश कोषको कर्मचारीहरुले अभिनेता राजेश हमाल लाई स्वागत गरेका थिए ।अवलोकनका क्रममा लुम्बिनी बिकाश कोषका कर्मचारीले तिलौरकोटको ऐतिहासिक मह्त्व र हालै भएको उत्खननको बारेमा जानकारी गराएका थिए ।पत्रकार सग कुरा गर्दै हमालले तिलौराकोटको अवलोकन गर्न पाउँदा निकै खुशी भएको बताएका छन् ।

तिलौराकोट अवलोकन पश्चात् भिजिटर बुकमा आफ्नो सल्लाह सुझाव ,प्रतिक्रिया सहित हस्ताक्षर गर्दै अभिनेता हमाल त्यहाँ बाट बिदा भएका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.