शहबाज खान / फाल्गुन २३ कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने कृष्णनगर स्वास्थ्य चौकी को सभा हाल मा वडाध्यक्ष सगीर अहमद खां को अध्यक्षता मा कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्नभएको छ।कार्यक्रमका आयोजक कृष्णनगर नगरपालिका र कृष्णनगर स्वास्थ्य चौकी को सहकार्यमा भएको स्वास्थ्यक्रमी जमाल खां ले बताएका थिए।
उक्त जनचेतना कार्यक्रममा नोबेल कोरोना भाइरस हाल बिश्वको ८६भन्दा बढी राष्ट्रहरुमा फैली सो बाट ३ हजार २सय जना को मृत्यु भयी सकेको र उक्त रोग को उच्च जोखिममा नेपाल रहेको तथ्य विश्व स्वास्थ्य संगठन (WHO) ले पुष्टी गरि सकेको छ। साथै कार्यक्रममा कोरोना भाइरस का लक्ष्णहरु कोरोना भाइरस कसरी सर्छा र उक्त भाइरस बाट जोगिने उपायहरु माथि स्वास्थ्य शाखा प्रमुख शंकर भटराई ले प्रकाश पारेका थिए।
स्वास्थ्य चौकी का सल्लाहकार मोलाना मसहूद खां नेपाली ले यो भाइरस विश्वमा नै सशंकित बनाएको संका उपसंका का पछाडी न लाग्न सबै मा अपिल गर्दै र सावधानी का उपाय हरु पनाई व्यक्तिगत र वातावरणीय सर सफाईमा बिशेष ध्यान दिदै सबै मिलेर यो भाइरस बाट नेपाली जनता लाई सचेत गराउन अग्रह समेत गरे।
कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की लगायत स्थानिए समाजसेवी शिक्षक पत्रकार को उपस्थिती रह्यो।