
फाल्गुन २५
कपिलवस्तु – कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा बिष्णु महापुराण महायज्ञ हुने भएको छ ।चीनको युहान शहर बाट शुरु भएको कोरोना भाइरसको महामारीले बिश्वाको लागि समस्याको विषय बनेको छ ।यश भाइरसले विभिन्न देशमा गरि अहिले हजारौको ज्यान लिइ सकेको छ भने हजारौं अझै संक्रमीत छन् ।यश भाइरस विरुद्ध कुनै बिशेष औषधी नबनेको हुदा बिस्वका मानिस चिन्तित बनेका छन् ।अहिले बिस्वका धैरै देश कोरोनाको त्रासमा रहेका बेला विभिन्न धर्मका मानिसले अ-आफ्नो रितिरिवाजको हिसाबले कोरोना भाइरसको शंकट बाट छुटकार पाउनका लागि ईश्वर सङ प्राथना गरिरहेका छन् ।यस्तै भगवान बुद्धको क्रिडा स्थल तिलौराकोट नजिक अवस्थित रहेको श्री राम जान्की मन्दिर ,रामघाट धाममा यहि आउदो नयाँ बर्ष २०७७ बैशाख १३ गते (26 april) का दिन कोरोना भाइरसको शंकट बाट पूरा विश्व लाई मुक्ती मिलोस भनी प्राथनाको लागि बिष्णु महापुराण महायज्ञ हुने भएको छ ।उक्त महायज्ञको आयोजना श्री राम जान्की मन्दिर ,रामघाट धामका सन्त महन्त द्वारा गरिने छ ।

यो मानवधर्म को लागि अत्यन्त सराहनीय कार्य हो , यसको लागि कपिलबस्ततु नगरपालिका मा येउटा समिती गठन गरि , हजुरहरुले खाता नम्बर तथा बैन्कको नाम पनि प्रष्ट पार्नुहोस ।।।
यो मानवधर्म को लागि अत्यन्त सराहनीय कार्य हो , यसको लागि कपिलबस्ततु नगरपालिका मा येउटा समिती गठन गरि , हजुरहरुले खाता नम्बर तथा बैन्कको नाम पनि प्रष्ट पार्नुहोस ।।।