जामिया सिराजुलउलुम अलसल्फियाका अध्यक्ष समीम अहमद नदवी द्वारा जारी प्रेस विज्ञप्ति

0
Quantam abroad studies

कपिलवस्तु / चैत्र ११
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३मा रहेको जामिया सिराजुलउलुम अलसल्फिया झन्डानगरका अध्यक्ष समीम अहमद नदवी लेप्रेस विज्ञप्ति जारी गरेका छन्।
विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपाल मा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गरे ।

नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदाय समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिद मा अजान दिने तर नमाज पढनको लागि मस्जिदमा थोरै जना मात्र नमाज पढ्ने  भिड भाड न गर्ने।

 बरु यस्ताे संकट काल मा नेपाल सरकार ले दिएको निर्देशन को पालन गर्दै यो महामारी को सामना हामी मात्रै होइन बिश्व भरी ले गरि रहेको छ। साथ साथै यो रोग बाट बच्नका लागि सरकारले  आफ्नो स्तर बाट हुन सक्ने सबै तरिका ले  सहयोग गर्दै आएको भन्ने जस्तो कुरा विज्ञप्ति मा भनिएको छ।त्यस्तै उक्त मदरसाका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले गरिब असहाय हरु ले दिन भरी काम गरी साझ बिहान दुई छाक खाना खान्थे तर अहिले काम गर्ने अवस्था नभएकाले भोकै बस्न पनि सक्छन। यदि भौके बस्ने गरिब असहाय छन भने आ आफ्नो स्तर बाट सहयोग गरि यस्ता गरिब हरुको पेट भर्न मा पनि लाग्ने र सबैलाई समेत लाग्न आग्रह गरे। राष्ट्रीय मदरसा संंघ का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले आ-आफ्नो स्तर बाट सबै सचेत भई भिडभाड मा न जान र नेपाल सरकार ले जारी गरेको निर्देशन सबैले पाल्ना गरि देश लाई सहयोग गर्न समेत आग्रह गरे।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.