कपिलवस्तु / चैत्र – ११ विश्व मा महामारीको रूपमा रहेको कोरोना भाइरस बाट बच्न स्थानिय तहका प्रमुख लाई नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ले सुझाव दिएका छन्।
स्थानिय तहका प्रमुखहरु संग बिनम्र अनुरोध 1- बिदेश बाट आएका ब्यक्तिहरु लाई 15 दिन खाने बस्ने ब्यवस्था मिलाइ मेडिकल टिमको निगरानीमा क्वारेनटाइन मा राखौ लक्ष्ण देखा परे औषधीको लागी उचित ठांउमा पठाऔ । 2- प्रत्येक नगरपालिका र गाउपालिकामा बिपत ब्यवस्थापन समिती सर्बदलिए बनाइ प्रमुख जिल्ला अधिकारी वा निज ले तोकेको व््यक्ति तथा मेयर,अध्यक्ष संयुक्तको नाममा बैंकमा खाता खोलौ । 3-नगरपालिका र गाउपालिकाले प्रकृया पुर्याइ कम्तीमा एक करोड सो बिपद ब्यवस्थापन को खातामा जमा गरौ तथा सहयोग को लागी दाता संग आहवान गरौं र सोही रकम बाट क्वारेन्टाइन संचालन गरौं । 4-सबै नेपाली एक भइ सहयोग गरौं तथा उपाय बारे सुझाव लेखौ, कोरोना भगाऔ । जस्ता सुझाव रहेको छ। जुन उहाले आफ्नो समाजीक संजाल फेसबुक मार्फत समेत सार्वजनिक गरेका छन्।