पश्चिम् नवलपरासीमा १ लाख २१ हजार मुल्य बराबरको अबैध मालसामान बरामद

0
Quantam abroad studies

उर्मिला यादव , साउन १०, नवलपरासी
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १ लाख २१ हजार मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ ।आज बिहान भारत बाट अबैध रूपमा भन्सार छ्ली ल्याउदै गरेको उक्त मुल्य बराबर को मालसामान बरामद गरेको हो।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलले रामग्राम नगरपालिका वडा नम्बर ४ वाइपासबाट चिनी २५ किलो ,ढोकाको कब्जा १८० पिस,सकेट ५० पिस, सकेट पाइप १ सय १६ पिस ,लगायतका मालसामान बरामद गरेको हो।
यस्तै गरि आज बिहान नै नेपालबाट भारत तर्फ अबैध रूपमा लैजादै गरेको अन्दाजी ६२ हजार ५ सय मुल्य बराबरको २४ बोरामा ६ सय २५ किलो केराउ पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुर बाट सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलिले केराउ बरामद गरेको छ।उक्त केराउ मानिसले साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखि बोरा फालेर साइकल सहितभागेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

यस्तै गरि आज दिउसो नेपाल बाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४० हजार मुल्य बराबरको १३ बोरामा अन्दाजी ४ सय किलो केराउ प्रहरी चौकी गेर्मी बाट खटिएको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका ४ गेर्मा बाट बरामद गरेको छ । उक्त मटर मानिसले टाउकोमा बोकि लैजादै गर्दा प्रहरी टोलिलाई देखेर बोरा फाली भागेका थिए ।बरामद भएका सबै सामानको कुल मुल्य १ लाख २१ हजार रहेको छ भने बरामद भएका सबै सामान आज नै आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.