क्वारेन्टाइनमा रहेका युवा द्वारा भोक हडताल

0
Quantam abroad studies

नबिन यादव , साउन ११

सप्तरी जिल्लाको तिरहुत गाउँपलिका वाड नं ५ लोहजरा गाउँको श्री सरस्वती जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा खाने सामाग्रीहरुको उचित ब्यबस्था नगरिएको हुनाले, सो क्वारेन्टाइनमा बस्ने युवाहरु द्वारा भोक हड़ताल शुरु गरिएको छ ।

sahani furniture udyog

तिरहुत गाउँपलिका वाड नं ५ लोहजराको क्वारेन्टाइनमा १८ जना युवाहरू बस्दै आएका छन् । उनिहरुलाइ न त समयमा ज्वरो मापन भएको छ , न त क्वारेन्टाइनमा खाने पानी छ , बिधुत , डाक्टर , सरसफाई लगायतको सुबिधा नरहेको कारणले उनीहरु भोक हडतालमा बस्न परेको एक युवाले बताए ।

तिरहुत गाउँ पलिका वाड नं ५ को वडा अध्यक्ष रमानन्द चौधरी लाई पटक पटक भन्दा पनि हामीहरू लाई कुनै किसिमको सुबिधा दिनु भएको छैन, हेर्न पनि आउदैन, त्यही गाउँपलिकाको अध्यक्ष मनोज यादव (भर्खे) लाई पनि कति चोटि भनेका छौ तर उता बाट पनि कुनै प्रतिक्रिया नआएको हुदा हामीहरु बाध्य भएर भोक हडताल गर्न परेको भन्दै क्वरेनटाईमा बस्ने सिवा सदाले गुनासो पोखेका छन् ।क्वारेन्टाइनमा बस्ने अनिल मुखिया , मोहमद ईजरायल, बैजनाथ पंडित, श्याम खंग , जय कृष्णा सदा लगाएतको ब्यक्तीहरूले गुनासो पोखेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.