रोगप्रतिरोधात्मक क्षमता भएको होमोपेथिक औषधि नि:शुल्क वितरण

0
Quantam abroad studies

कपिलवस्तु , साउन १४ मारवाडी सेवा समिति एवं जनकल्याण प्रतिष्ठान एकल बिधालयको सहकार्यमा कोभीड १९ भाइरस संक्रमणको रोकथामको प्रयास स्वरुप रोगप्रतिरोध क्षमता बढाउने होमोपेथिक औषधि नि: शुल्क वितरण गरिएको छ ।

कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाको भिछु चोकमा स्टल राखी सयौं परिवारलाइ उक्त औषधि नि: शुल्क वितरण गरिएको छ । उक्त औषधि उपलब्ध मारवाडी सेवा समितीले गराएको छ भने आम जनमानसमा वितरण गर्ने कार्य जनकल्याण प्रतिष्ठान एकल बिद्यालयले गरेको छ । आज जनकल्याण प्रतिष्ठान एकल बिधालय प्रदेश नम्बर ५ का मुल्यांकन प्रमुख बहादुर गिरि , सह प्रशिक्षण प्रमुख छबिलाल पासी , प्रतिष्ठानका कपिलवस्तु जिल्ला प्रमुख राजेन्द्र प्र. तिवारी एवं गोटिहवा संच प्रमुख केदारनाथ पाठक स्वयंम उपस्थित भै उक्त रोगप्रतिरोधक क्षमता भएको औषधि वितरण गरेका हुन् ।

sahani furniture udyog

प्रतिष्ठानका कपिलवस्तु जिल्ला प्रमुख राजेन्द्र प्र. तिवारी ले यो औषधिले कोरोना भाइरस लगायत विभिन्न रोग संग लडने क्षमता प्रदान गर्ने बताएका छन् भने सावधानी अपनाउन एकदम जरुरी रहेको जिकिर गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.