
संजय कुशवाहा , नवलपरासी , साउन १६
पश्चिम नवलपरासीको सिमा बाट १ लाख ३० हजार मूल्य बराबरको अबैध केराउ प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार राति प्रतापपुर गाउँपालिका वडा न. ४ र सरावल गाउँपालिका वडा न.६ को सिमा बर्गदवा चोक भन्दा दक्षिण स्थित दशगजामा नेपाल बाट भारत तर्फ अबैध रुपमा लग्दै गरेको २६ बोरा केराउ (१३ क्विन्टल ) प्रहरी चौकी पचपेडाले नियन्त्रणमा लिएको हो ।

उक्त नियन्त्रण गरिएको केराउ साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि केराउ र साईकल फाली भागेका थिए ।
उक्त केराऊ र साईकल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।