उत्तम कुमार थापा
बझाङकाे छविसपाथीभेरा गाँउपालीका–वडा नम्बर २ मुग्ला घर भएका गगन विकको घर भत्कने अवस्थामा छ ।
घर जोखिममा भएपछि उनको परिवारलाइ समस्या परेको हाे । यो परिवार लाइ घर मर्मत गर्ने खर्च नभएकाले भत्कन लागेको चुहिने जोखीम युक्तघरमा बस्दै आएका छन् ।
त्यहाँका गैर दलितहरुको कामगरि हलियाखलिया भएर जिविको पार्जन गर्दै आएका गगन विकको ७ जनाको परिवार छ । घरको छत भत्की सकेको र पर्खालहरु पनिभत्कन लागेका हुदाँ कतिवेला घरभत्कन सक्छ निश्चित छैन ।
घरका भित्ताहरु र छत पानीले नाक्सानी पु¥याएको छ । उनीहरुले घरमात्रिपालवा टिन हाल्न चाहना भए पनि आर्थिक अवस्था कमजोर हुँदा गर्न सकेको छैन । वडा अध्यक्ष विकास ऐडीलाइ उनीहरुको अवस्थाबारे जानकारी गर्दा त्रिपाल सहयोग भएको जानकारी दिए ।