सप्तरीमा ५ स्वास्थ्यकर्मी संगै थप १८ जनामा कोरोना पुष्टी संक्रमितको कुल संख्या ५५७ पुग्यो।

0
Quantam abroad studies

नबिन यादव , श्रावण २३

आज सप्तरीमा थप पाँच जना स्वास्थ्यकर्मी संगै १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।स्वास्थ्यकर्मीहरूमा संक्रमित देखिए पछि आज बिहानदेखि अस्पतालमा स्वास्थ्य सेवा बन्द गरिएको छ ।

संक्रमितको सिधा सम्पर्कमा आएका अस्पतालका स्वास्थ्य कर्मी , कर्मचारी संगै २७ जनालाई क्वारेन्टाइनमा बसाउनु पर्दा सेवा बन्द गर्नु परेको गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभएको छ ।

आज सेवा बन्द गरेर स्वास्थ्यकर्मी व्यवस्थापन गरी भोली बाट सेवा सुचारु गरिने तयारीमा लागेको उहाँले बताउनु भएको छ । गजेन्द्र नारायण सिंह अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या नौ पुगेको छ । यसअघि पाँच जना स्वास्थ्यकर्मीहरुमध्ये दुई जना निको भएर घर फर्किसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताउनु भएको छ ,अहिले सात जना स्वास्थ्यकर्मीहरु आइसोलेसनमा भर्ना गरिएको छ ।

बिहीबार राती आएको रिपोर्टमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको इमर्जेन्सी वार्डका चार जना , छिन्नमस्ता अस्पतालका एक हेल्थ असिस्टेन्ट संगै पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

छिन्नमस्ता गाउँपालिका ५ को दुई जना पुरुष, वडा नम्बर ४ को २५ वर्षीया महिला , राजविराज नगरपालिकाको स्वास्थ्यकर्मीहरु ४०, ४०,३१ र ३८ वर्षीय पुरुष, राजविराज ४ को ३३ वर्षीय पुरुष र ५५ वर्षीया महिलामा , रुपनी गाउँपालिका ६ को २४ वर्षीय पुरुष, महादेवा गाउँपालिका २ का ३७ , ३७ , ३६ र ३४ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका २ को ३ जना पुरुष र वडा नम्बर ७ को उमेर नखुुलेका एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यससँगै सप्तरी जिल्लाको कुल कोरोना संक्रमितको संख्या ५५७ पुगेको छ । त्यो संगै ३८३ जना निको भएर घर फर्किसकेका छन । आइसोलेसनमा अहिले १०४ जना उपचाररत भर्ना भएका छन् । अहिलेसम्म जिल्लामा कोरोना संक्रमित बाट दुई जनाको मृत्यु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.