
केही जुनियर लाई मन्त्री र पार्टीमा पदोन्नति गरेको कुरा सत्य हो । निरन्तर साथ , सहयोग गर्नेहरु अपमानित भएकै हुन।यस्ता विषयहरुका आन्तरिक समिक्षा हुनुपर्छ । तर यसैलाई आधार बनाएर अध्यक्ष कमरेड प्रचण्ड लाई कमजोर बनाउने हर्कत सिनियर नेताहरू ले गर्नु आपत्तिजनक छ । हाम्रा सिनियर नेताहरू गम्भीर भएर सोचुन। अहिले नै कुण्ठा र आक्रोशको बर्षा र प्रहार अध्यक्ष कमरेड माथि न गरुन् ।
क्रान्ति गर्नु नि छैन, समाजवादमा जाने आधार बारे नि सोच्नु नि छैन , जसरी भए नि मन्त्री बन्नु , चुनाव जित्नु सम्म राजनीतिक केन्द्रित भएको बेला हिजोको आफ्नै आन्दोलन , बिचार , अभियान , साथी , सहयोद्वाहरुलाई सिनियर नेताहरू ले नै , छोडनुलाई म अनौठो मान्दिन । बिचार र आन्दोलन हराएपछी यस्ता कुरा गौण हुँदा रहेछन् , भन्ने कुरा बाट अनभिज्ञ छुइन।
अध्यक्ष कमरेड प्रचण्ड लाई सहयोग गरौं ।उहाँलाई राजीनामा दिने सुझाव हरेक ढंगले बेठीक छ। अध्यक्ष कमरेड प्रचण्ड ले त्यस्तो सुझाव कुनैपनी हालतमा मान्नु हुदैन । अध्यक्ष कमरेड प्रचण्डले आफ्नो निजि सचिवालयको संरचना र पात्रहरू बारेमा सोच्न जरुरी छ। उहाँहरू को भुमिका पुगिराखेको छैन। सहयोगी नेताहरू ग्राउन्ड सङ्ग सम्पर्क बिहिन किन ?
मलाई राम्रो सँग थाहा छ अगामी दिन थप चुनौतीपूर्ण छ। मैले न सोचेको थप अपमान भोग्नुपर्ने हुन्छ । म लामो, कठिन र कष्टकर राजनीतिक यात्रा हिडन तैयार छु । अपमानित जिन्दगी भन्दा हजारौं गुणा स्वभिमान, पहिचानको बलिदानी यात्रा मै आनन्द र जीवन हुन्छ । बिश्वास घात गर्नु हुँदैन ,चाहे परिणाम जे सुकै होस् ।
नटरवर लालहरुले जानेको काम हो ,वार्गेनिङ्ग गर्ने,दु:ख दिने ,धोका दिने ,पिठ्युँ मा छुरा रोप्ने । जो हामी बाट सम्भव छैन।
लेखक : पुर्ब सिचाइ मन्त्री उमेश यादव
