लकडाउनको बिक्लप नखोजे देशमा भीषम परिस्थिति उत्पन्न हुन सक्ने खतरा

0
Quantam abroad studies

कोरोना संक्रमण रोक्न भन्दै जारी गरिएको लकडाउनले आम मानिसको दैनिकी नराम्ररी बिथोलिएको छ । स्थानीय सँग संक्रमणको भय भन्दा लकडाउनले खोसिएको गाँसको चिन्ता अत्यधिक रहेको छ।

यो महामारीको समयमा भाइरस फैलन नदिनु मात्र नभई नेपाली नागरिकलाई गाँस, बास र कपास दिनु पनि राज्यको परम कर्तव्य हो । नेपालको संबिधान भाग- ३, को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक , धारा ३६ मा खाद्य सम्बन्धी हक अथवा खान पाउने हक र धारा ३७ मा आवासको हक भनी यी सम्पूर्ण अधिकार मौलिक हकको रुपमा सुनिश्चित गरिएको छ । तर कहाँ छ अहिले यी हकको कार्यान्वयन ?

अझै पनि सरकारले जनताको भोको पेटलाई खान नदिने, तिर्खा लाएको घाँटीलाई पानीले नभिजाइदिने बेथिति रहेको छ । सरकार राष्ट्रियता माटोमा मात्र खोजमा व्यस्त छ । माटो जोगाउनु राष्ट्रियता पक्कै हो तर राष्ट्रका जनताको ज्यान जोगाउनु अहिलेको प्रमुख दायित्व हो । जनता रहे मात्र राज्य रहन्छ, राज्य रहे मात्र राष्ट्रियता।

sahani furniture udyog

मेरो बुझाईमा, हाल विश्वका अधिकांस मुलिकहरुले अंगिकार गरेको लकडाउनको रणनीती भनेको कोरोनाको सम्भावित खतरालाई पछि धकेल्ने एउटा अस्थाई उपाय मात्र हो । यसले स्थायी समाधान दिन सक्दैन । दक्षिण कोरियाले पूर्ण लकडाउन भन्दा सामाजिक तथा भौतिक दुरी व्यवस्थापनमा बढी ध्यान दिएको थियो। उसले यही रणनीति बाट कोरोनाको संक्रमणलाई व्यवस्थापन गर्न सक्यो ।

अब हाम्रो सरकारले पनि केहि सकारात्मक एवं रचनात्मक विकल्प खोज्नु पर्छ अन्यथा भोलीका दिनमा कोरोना भन्दा त्यस्को त्रास , गरिबी र भोखमरीको अधिकांस जनता सिकार भई मर्ने सम्भावना देखिन्छ । यस्तै लकडाउन मात्र बढी रहे सरकारले आम जनतालाइ उचित गास, बास , कपास को ब्यवस्था नगरे देशमा आर्थिक समस्याले भीषम परिस्थिति उत्पन्न हुन सक्छ । ब्यापार चौपट भएको छ तर बैंकले ब्यपारीलाइ ऋणको ब्याज र किस्ता भुक्तानी को ताकेता भनी बैंक बाट फोन आएर हैरान भएका कति ब्यपारी मानसिक तनावमा गैसकेका छन् भने उधोग , कलकारखानामा काम गर्ने मजदुरको समस्या र पिडा सहझै अनुमान लगाउन सकिन्छ ।

म सरकार संग अनुरोध गर्दछु लकडाउनको बिक्लप खोजौ । जनतालाइ राहत दिउ बैकल्पिक तरिका बाट कोरोनालाइ परास्त गरौ ।

✍️ लेखक : अभिषेक तिवारी
केन्द्रिय सचीव
नेपाल बिश्व हिन्दु महासंघ

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.