प्रतिमा विश्वकर्मा / कपिलवस्तु
कपिलवस्तु जिल्ला लगायत देशभरका मधेशी समुदायमा तिनछठ्ठि पर्व आज हर्ष उल्लासका साथ धूमधामका संग मनाएका छन । छोराहरूको सुस्वास्थ दीर्घायुका लागि महिला लगायत पुरुषले पनि व्रत बसि पूजाआजा गरेर तिनछठ्ठि पर्व मनाएका छन । आमा नहुंदा बुवाले आफ्नो छोराहरूको लामों आयुको लागि व्रत बसने यस पर्वको मन्न्याता रहेको स्थानीय ले बताये । आमाहरु ले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन । यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठ तिथी मा मनाइने गरिन्छ ।
यस पर्वमा घासे कुश, महुवा र तिन्नी नाम गरेको चामल को पुजा पाठ री आफ्ना छोराहरु लाई टिका लगाइने । ब्रत बस्ने आमाहरु बिहान देखी गौधुली साझ सम्म निराजल रही साझ हुनु भन्दा अगावै तिन्नी चामल को भात पकाई साग र दही संग खाने गर्छिन। तीन छठ्ठी का ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न जाने र जोते का खेत बाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान न हुने विश्वास रहेको छ ।
धेरै जसो घरका आईमाईहरु घर भन्दा बहिर कहिले न जोते को खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो शोहर गीत गाउने ,आमा र छोराको कथा – कहानी भन्ने गर्दछिन,भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गरेको पाइन्छ।