क्यान्सर पीडितलाइ सहयोग गरि जिवन रक्षा गर्न हेल्प मधेसी सस्थाको अनुरोध

0
Quantam abroad studies

नवीन यादव , सप्तरी

हेल्प मधेसी संस्था द्वारा भदौ १ गते सोमबारका दिन धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वाडा नं.९ बरमझिया निवासी रामलक्ष्मण यादवको पत्नी संञ्जु देवि यादवको उपचारका लागि हेल्प मधेशी संस्था द्वारा रु ५१००० ,एकावन हजार सहयोग गरिएको थियो ।

हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादव , केन्द्रिय सदस्य संजय रान यादव , हेल्प मधेशी कत्तार च्याप्टरका सह-कोषाध्यक्ष देवेन्द्र शर्मा मिडिया रिपोर्टर रविन्द्र उदासी माली स्थानीय बुद्धिजीवी राम एकवाल शर्मा ,मैथली गायक आर.के. रन्जित हेल्प मधेशी नेपालका सेवक संजीव श्रेष्ठ , महेश यादव शिपेन्द्र यादव र कालू श्रेष्ठको उपस्थितिमा पिडित श्रीमती संञ्जु देवि यादवको ससुरा श्री हलखोरी यादवलाई हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादवद्वारा रु ५१००० हजार को चेक हस्तान्तरण गरिएको थियो।

sahani furniture udyog

हेल्प मधेसीको भनाई कोरोना माहामारीले गर्दा अत्यन्तै भयावह भएकोले केही दिनका लागि सहयोग नगर्दा पनि हुनथ्यो तर हेल्प मधेसीको विचार र सिद्धान्तले मानेन र पिडितको अवस्था हेर्दा सहयोग गर्न बाध्य भएको छ। हेल्प मधेशी द्वारा सक्दो सहयोग गरियो र अब अन्य संघ-संस्था द्वारा पनि सहयोग होस भने हेल्प मधेशी संस्था द्वारा विनम्र अनुरोध समेत गरिएको थियो।

हेल्प मधेसी संस्था द्धारा गरिएको सहयोगले मात्र पीडितको उपचार हुन नसक्ने हुदा थप सहयोग गर्न अहवान गर्दै पिडितलाई जीवन बचाइ दिनुहुन सम्पुर्ण मनकारी हृदयका साथीहरुलाई हार्दिक अनुरोध गरेका छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.