नेकपा बिहादीले पहिरो पीडितलाई गर्यो आर्थिक सहयोग ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत

पर्वतको बिहादी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी नेकपाले बिहादी गाउँपालिका ५ उँरामका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । गएको साउनमा पानी सँगै गएको पहिरोले बिहादी ५ उँरामका ज्ञानु काफ्लेको गोठमाक्षेती पुगे को थियो भने गोठमा रहेका घरपालुवा जनावर समेत मरेका थिए ।
तेस्तै बिहादी गाउँपालिका ५ उँरामकै माथिल्लो दलित बस्तीमा पनि पहिरोले क्षति पुराएको थियो । उक्त पहिरो प्रभावित क्षेत्रमा नेकपा विहादीले केही समयअघि अनुगमन गरेर पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने अपिल गरेको थियो । बिहादी गाउँपालिका ५ उँराम घर भइ अहिले जापान मा बसोबास गर्दै आएका स्थानीय युवा यम भुसालले आर्थिक सहयोग उपलब्ध गराएपछि नेकपा पर्वत सचिवालय सदस्य तथा बिहादीका युवा नेता ऋषिराम भुसालको नेतृत्वमा प्रभावित क्षेत्रमा गरेर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको भुसालले जानकारी दिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.