जिल्ला अस्पताल बझाङमा रक्तसंञ्चार केन्द्रको उद्वघाटन

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
जिल्ला अस्पताल बझाङमा (ब्लड बैंक) स्थापना भएको छ ।

बुधबार एक कार्यक्रका विच प्रतिनिधि सभा सदस्य साँसद भैरब बहादुर सिंहले ब्लड बैकको उद्घाटन गरेका छन । रक्तसंञ्चार केन्द्रको उद्घाटन समारोहमा बोल्दै सिहले रगत अभावका कारण विरामीको ज्यान गयको स्मरण गर्दै अब रगत अभाव कारणले कसैले पनि अकालमै ज्यान गुमाउनु नपर्ने बताए ।

स्तरीय स्वास्थ्य सेवा र विरामीप्रतिको सेवामा अस्पताल सदैव समर्पित हुनु पर्ने भन्दै सिहले पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको भए पनि सबै ठाँउमा सहज पहुँच नभएकोमा चिन्ता व्यक्त गरे । यस अघि अस्पतालमा ब्लड बैक नहुँदा जटिल प्रकारका शल्यक्रिया भयका र सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु परेको थियो ।

ब्लड बैक नभयको र ब्लड दिने मानिस नपाउदा नेपाली सेनाले रक्तदान गर्दै आएको थियो। सामान्य शल्यक्रिया गरे पछि रगत आवश्यकता परेमा मानिसहरु खोज्दै हिडनु पर्ने अवस्था थियो । अब ब्लड बैक स्थापना भय पछि यो समस्या हटने स्थानिय प्रविन्द्र धामीले बताए ।

उनले भने रगत आबश्यक परे रगत दिने मानिस खोजेर हिडनु पर्थ्यो । मानिस पाए पनि समुह नमिल्ने । कति बेला दिने मानिस नमिल्ने । रगत अभावले सयौको ज्यान जाने गरेको थियो । अब ब्लड बैकको स्थापना संगै यो समस्या हटेको उनको भनाई छ ।

आज एक कार्यक्रमका विच रक्तसञ्चार केन्द्रकाे उद्घाटन कार्यक्रममा युवा नेता लाेकेन्द्र बहादुर सिह र ईश्वरद्वाल सहित धेरै जना युवाहरुले रकत बलड बैकमा राखेकाे जनाएको छ ।

ब्लड बैक स्थापनाको अवसरमा युवाहरुले रक्तदान समेत गरेका छन । सांसद विकास कोषको रकम बाट ब्लड बैक स्थापना गरियको हो । नेपाली सेनाको भरमा ज्यान बचाउदै आएका बझाङवासी ब्लड बैक स्थापना संगै खुसी भयका छन ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.