

धनी राम काेरी
कपिलवस्तु , १ मंसिर
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज मुख्य दिन भाईटीका हाे । तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
भाईटीका तिहारको अन्तिम दिन हो । आज दाजुभाइ, दिदी र बहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ ।
कोरोनाको कारणले विगतको बर्षहरुमा जस्तो यसपालीकाे दशैं तिहार मनाउने अवस्था नभए पनि आज देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले सावधानी अपनाएर भाईटीका मनाएका छन् ।
आज मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको उत्तम साइत रहेको थियो । अहिले भने नेपालीहरुको सामाजिक सञ्जाल भाईटीका लगाएको फोटोहरुले भरिएको छ ।
भाइटीका पर्व नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । दाजुभाइ दिदी बहिनीहरुकाे सम्बन्धलाई अझै राम्रो बनाउने का लागि भाइटिका मनाइन्छ ।
भाइटीकाको दिन दिदी बहिनीले आ-आफ्ना दाजुभाइलाई शुस्वास्य, दिर्घायु, उत्तराेत्तर प्रगति एवम् हरेक इच्छाहरु पूरा हुदै जाउन भनी कामना गर्दै टीका लगाएर मनाउने गर्छन् ।
भाइटिकाकाे दिन मिठाे मिठाे परिकार काे खाना बनाएर खाने, मिठाइ र फारा खुवाउने परम्परा रहेको छ ।
दाजुभाइलाई टीका लगाउने, मिठाइ खुवाउने र माला पनि पहिराउने परम्परा रहेको पाइन्छ ।
मंसिर १ गते साेमवारका दिन भाइटिका, गाेवर्धन पुजा, नेपाल सम्वत ११४१ प्रारम्भ, अन्तर्राष्ट्रिय सहन शीलता दिवस र अन्तर्राष्ट्रिय विद्यार्थी दिवस पनि आजै रहेको छ ।
