सनराइज युथ सिराहा सञ्जाल द्वारा कानको समस्याले पीडितको उद्धार

0
Quantam abroad studies

राजेन्द्र महतो , लहान , मंसिर २

सिरहाको धनगढी माई नगरपालिका -८ को विजय कुमार सिंह लाई हेल्प मधेशी, विष्मिल्लाह सेवा समाज दोहा कत्तारको आर्थिक सहयोगमा सनराइज सिरहा युवा संञ्जालले सिंहको कानमा भएको घाउको अप्रेसन गराइ उद्धार गरेका छ्न।

कान पिडित विजय कुमार सिंहको घर परिवारमा कोहि पनि छैन । ऊनी कहिलेबाटोमा त कहिले जहाँ काम गर्थे त्यही घर मालिक को घरमा गुजरा गर्दै जीवन बिताइरहेका थिए ।

sahani furniture udyog

अचानक उनको कानमा घाउ भयो र पैसाको अभावमा उनी कानको उपचार गराउन न सकेर निकै कष्टकार जीवन बितारहेका थिए । यसबारे सनराइज सिरहा युवा संञ्जाल लाई जानकारी भए पछि संस्थाले उनको उपचारको लागि पहल गरेर उद्धार गरेको सनराइज सिरहा युवा संञ्जालकी

अध्यक्ष सोहानी शोभा साहले बताएका छ्न । अध्यक्ष साहकी निकै सक्रिय भुमिकामा। संञ्जालका। उपाध्यक्ष पारस साह, कोषाध्यक्ष संतोस साहले पीडित बिरामी विजय कुमार सिंहलाई धरानको बि.पि. कोइराला प्रतिष्ठानमा लगेर कान को अप्रेसन गराएका छ्न । पीडित सिंहको उपचारमा विष्मिल्लाह समाज दोहा कत्तारले नवे हजार र हेल्प मधेशी संस्थले तीस हजार गरी जम्मा एक लाख बीस हजार उनको उपचारमा सहयोग गरिएको सनराइज सिरहा युवा संञ्जालकी अध्यक्ष सोहानी शोभा साहले बताए कि छिन । सहयोगी हात ” न्यू मुस्लिम समाज सुधार नेपाल ” र ” हेल्प मधेशी” संस्था ले सनराइज युथ सिराहा सञ्जाल (syas) ले गरेको काम अति पर्सनिय रहेको बताएका छ्न।

हेल्प मधेशी नेपाल को अध्यक्ष राम उदगार यादव लगायत अन्य सदस्य हरुले आज धनगढी माई नगरपालिका – ८ का कान उपचार गराएका सिरहाको विजय कुमार सिंहको स्वस्थ अवस्था बारे जानकारी लिदै syas ले काम पर्सनिय कार्य गरेको बताएका छ्न। लगभग एक वर्ष देखी कानको घाउले पीडामा रहेको धनगढी माई नगरपालिका -८ का विजय कुमार सिंह (बोलाउने नाम- हिरो) घर परिवारमा आमा, बुवा, छोरा छोरी कोई पनि छैन । धन सम्पति त के भनु आफ्नो घर पनि छैन । ज्यान राम्रो भएको बेला राम कुमार यादव जी को घरमा बसेर र ज्याला मजदूरी गरेर आफ्नो गुजारा गरिरहेको थियो । तर १ वर्ष पहिला उसको कानमा घाउ भएको कुरा थाहा पाए पछि उपचार गराउन जाँदा त्यति बेला पैसाको अभावले गराउन सकेन र त्यस दिन देखी पीडा माई थियो ।आज भन्दा केही दिन अगाडि यो कुरा सनराइज युथ सिराहा सञ्जालले थाहा पाउँदा उसलाई धरान लागेर त्यहाँ उपचार गराए। अहिले त्यो पीडित निको भएका छ्न । यस उपचारको लागि सहयोग गर्नु भएको “न्यू मुस्लिम समाज सुधार नेपाल” र ” हेल्प मधेशी” संस्था रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.